चीन अमेरिका सम्बन्धको नयाँ शुरूवातको अपेक्षा

जनवरी २० तारिख अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रूपमा आफ्नो दोस्रो कार्यकालको आरम्भ गर्नुभएको छ। “नयाँ शुरूवातमा चीन अमेरिका सम्बन्धले अझ ठूलो प्रगति प्राप्त गर्नसक्ने अपेक्षा छ!” “अमेरिका र चीन वर्तमान विश्वमा रहेका सबभन्दा महत्वपूर्ण मुलुक भएकाले दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई कायम राखी सँगै मिलेर विश्व शान्तिको संरक्षण गर्नुपर्छ!” तीन दिनअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले निर्धारित समयअनुसार ट्रम्पसँग टेलिफोन वार्ता गर्नुभएको थियो। दुवै पक्षले अर्को चरणमा चीन अमेरिका सम्बन्धको विकासबारे महतवपूर्ण मतैक्य प्राप्त गरेका छन्।

यस्तो महत्वपूर्ण क्षणमा गरिएको टेलिफोन वार्ता भएकाले अन्तर्राष्ट्रिय समाजले त्यसको सकारात्मक मूल्याङ्कन गरेको छ र त्यसमा उच्च महत्व दिएको छ। चीनको कुटनीतिक प्रतिष्ठानका प्राध्यापक ली हाई तोङका अनुसार, सत्य कुराबाट के प्रमाणित हुन्छ भने अर्को चरणको द्विपक्षीय सम्बन्धका लागि सकारात्मक जग बसाल्ने ठूलो इच्छा चीन र अमेरिका दुवैमा रहेको छ।
हाल चीन अमेरिका सम्बन्ध नयाँ शुरूवातमा पुगिसकेको छ। राष्ट्रनायक कूटनीतिको रणनीतिलाई कायम राख्नुका साथै दुवै पक्ष बीच सम्पन्न महत्वपूर्ण मतैक्यलाई राम्रोसँग व्यवहारमा उतारेपछि चीन र अमेरिका दुवै पक्षले द्विपक्षीय सम्बन्धको राम्रो शुभारम्भलाई अघि बढाउनुका साथै नयाँ युगमा चीन अमेरिका सही रूपमा सहअस्तित्व गरिने नयाँ बाटोको सिर्जना गर्नसक्ने छन्।
CRI





