२३ आश्विन २०८३, शुक्रबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु


ड्रागन मिडिया सम्वाददाता

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार सेवाको उद्घाटन गरेकी हुन्।

सेवा सञ्चालनमा आएपछि मुटुरोग परीक्षण तथा उपचार सहज हुने र दाङसहित आसपासका जिल्लाका बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री मेहताले विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउन प्रतिष्ठानको सेवा प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउनुपर्ने बताइन्। प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा स्तरोन्नति गर्न मन्त्रालयले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button