२३ आश्विन २०८३, शुक्रबार

घटस्थापनाका दिन वीरगञ्जमा चुनरी यात्रा

ड्रागन मिडिया सम्वाददाता

नवरात्रका अवसरमा विश्व हिन्दू परिषद् नेपालले आइतबार वीरगञ्जमा चुनरी यात्रा आयोजना गर्ने भएको छ। शक्तिस्वरूपा देवीका झाँकीसहित हुने यात्राको तयारी लगभग पूरा भएको आयोजकले जनाएको छ।

हिन्दू पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारका अनुसार घटस्थापनाका दिन अपराह्न माईस्थान मन्दिर परिसरबाट यात्रा शुरु हुनेछ। यात्रामा १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

विभिन्न सामाजिक सङ्घसंस्थाले पनि यात्रामा सहभागिता जनाउने जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button