महाधिवेशनकैबीच कांग्रेस नेता निश्कल राईको एपेन्डिसाइटिसको शल्यक्रिया

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका सचेतक तथा केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राईको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ। बिहीबार अचानक बिरामी परेपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। बिहीबार राति शल्यक्रिया सफल भएको र आफू उपचाररत रहेको राईले बताएका छन्।
स्वास्थ्य समस्या देखिएपछि तत्काल शल्यक्रिया गर्नुपरेको भन्दै उनले उपचारमा संलग्न चिकित्सक र अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन्।
अस्पतालमा उपचाररत रहे पनि महाधिवेशन प्रतिनिधि र पार्टीका साथीहरूले आफ्नो उम्मेदवारीप्रति देखाएको सद्भाव र साथले हौसला मिलेको राईले बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार मतदान भइरहेको छ।





