सन् २०२५ को वसन्त चाड यात्रा सिजन सुरु भयो, “मोबाइल चीन” ले नयाँ जीवन्तता देखाउँछ

जनवरी १४ तारिख सन् २०२५ वसन्त चाड यात्रा सिजन सुरु भएको छ। योसँगै विश्वको सबैभन्दा ठूलो जनसंख्याको बसाइँसराइको नयाँ यात्रा रम्भ भएको छ। ४० दिने वसन्त चाड यात्रा अवधिमा पटकपटक गरी ९ अर्ब मानिसले चीनको विशाल भूमिमा यात्रा गर्ने अनुमान गरिएको छ जसबाट जीवन्त र न्यानोपनले भरिएका तस्वीरहरू बिस्तारै प्रकट हुनेछन्।

 

रेलमार्गको सन्दर्भमायस वर्ष यात्रुको संख्या ५१ करोडभन्दा बढी हुने अपेक्षा गरिएको छजुन वार्षिक रूपमा ५.५ प्रतिशतको वृद्धि हो। यात्रुको यात्रा आवश्यकताहरू पूरा गर्न रेलवे विभागले रेल सञ्चालन योजनालाई सावधानीपूर्वक अनुकूलित गरेको छ। नयाँ रेल तालिकाअनुसार, अघिल्लो वर्षको तुलनामा २३० वटा रेल थपिएका छन्। हरेक दिन १४,००० भन्दा बढी रेल तालिकाबद्ध छन् भने लगभग ५ लाख अतिरिक्त सिट थपिएका छन्। साथै, अस्थायी रेल र रात्रि उच्च-गति रेल पनि थपिएका छन्मन्द रेल” को सञ्चालनको प्रत्याभूति पनि गरिएको छ।

 

हवामार्ग पनि शिखरमा पुग्दैछयात्रुको संख्या ९ करोड पुग्ने अपेक्षा गरिएको छजसले सोही अवधिका लागि नयाँ ऐतिहासिक उच्चतम स्तर कायम गर्ने अपेक्षा गरिएको छ। देशभरि हरेक दिन औसत १८,५०० उडानहरूको योजना बनाइएका छन् जसले विभिन्न रुटहरू समेट्ने छन्। टिकट बुकिङ तथ्याङ्कलाई हेर्दाहार्बिन र उरुमुछी जस्ता “बरफ र हिउँ यात्रा” गन्तव्यहरूसाथै हाइख र सानया जस्ता “जाडोबाट भाग्ने” न्यानो गन्तव्यहरूमा पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।

 

फ्नै गाडीमा गर्ने यात्रा अझै पनि प्रमुख यातायातको रूपमा रहेको छ। यस अवधिमा पटकपटक गरी ७ अर्ब २० करोड यात्रु होरदोहोर गर्ने अनुमान छ। राजमार्गमा ट्राफिकको पिकले दैनिक नयाँ रेकर्ड बनाउन सक्छ। स्वचालित रूपको यस्तो यात्राको सुरक्षा र सहजता सुनिश्चित गर्न विभिन्न क्षेत्रका सार्वजनिक सुरक्षा ट्राफिक व्यवस्थापन विभागहरूले ट्राफिक सुरक्षा जोखिमको अनुसन्धान तथा न्यूनिकरण गर्नसडकमा प्रहरी बल र आपतकालीन उपकरण तैनाथ गर्न हरसम्भव प्रयास गरेका छन्। नयाँ ऊर्जा सवारी साधनको लोकप्रियतासँगै चार्जिङका समस्याले धेरै ध्यान आकर्षित गरेको छ। हाल देशभरका राजमार्ग सेवा क्षेत्रमा कुल ४९,३०० चार्जिङ पार्किङ स्पेस निर्माण गरिएका छन्। ९७ प्रतिशत सेवा क्षेत्र चार्जिङ सुविधाले सुसज्जित छन्। केही प्रान्तले मोबाइल चार्जिङ रोबोट पनि प्रस्तुत गरेका छन्।

 

चीनमा धेरै वर्षदेखि बस्दैउनुभएको नेपाली साथी विमल चित्रकारले चीनको वसन्त चाडको यात्राको विकासको अनुभव पनि गर्नुभएको छ। उहाँले चाडपर्व अगाडि टिकट बुकिङदेखि यात्रा तथा बाटोघाटोको अनुभव गर्दै परिपक्व र पूर्ण यातायात प्रणालीले मानिसहरूको घर फर्कने यात्रालाई अझ सहज र आरामदायी बनाएको व्यक्त गर्नुभयो। वसन्त चाड यात्रा चिनियाँ नयाँ वर्षको वातावरणको एक हिस्सा बनेको छ र यसले हामीलाई चीनको बढ्दो शक्तिलाई साँच्चै महसुस गर्न दिएको छ, उहाँले भन्नुभयो।

 

विगतको पुरानो मन्द रेलको लामो यात्रादेखि आज विभिन्न यातायातका माध्यमबाट सुविधाजनक यात्रासम्म वसन्त चाडको यात्रामा देखिएका परिवर्तनले चीनको यातायात पूर्वाधारको द्रुत विकासलाई प्रतिबिम्बित गर्दछ। अपरिवर्तित कुरा भनेको मानिसको पारिवारिक पुनर्मिलनको निरन्तर प्रयास र यात्राको क्रममा व्यक्त गरिने न्यानो स्नेह हो। यस वसन्त चाड यात्राअवधिमा “मोबाइल चीन” ले नयाँ संस्करणमा आफ्नो जोशपूर्ण जीवनशक्ति र अद्वितीय आकर्षण देखाउँदैछ।

 

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button