२९ आश्विन २०८३, बिहीबार

पार्टीभित्रको आत्मअनुशासन थप सुदृढ गर्ने सी चिनफिङको लेख शुक्रबार प्रकाशित हुने

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले पार्टीभित्र पूर्ण र कठोर आत्मअनुशासनलाई उच्च मापदण्ड र ठोस उपायसहित अघि बढाउने विषयमा लेखेका छन्। उक्त लेख शुक्रबार पार्टी केन्द्रीय समितिको मुखपत्र ‘छ्यूशी’को यस वर्षको २०औँ अङ्कमा प्रकाशित हुने सिन्ह्वाले जनाएको छ।

चीनका राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीको लेखले पार्टीको समग्र नेतृत्व कायम राख्दै सुदृढ गर्न र पूर्ण तथा कठोर आत्मअनुशासनलाई निरन्तर अघि बढाउन आह्वान गरेको छ। यसबाट चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले तय गरेको कार्ययोजना कार्यान्वयन गर्नुपर्ने लेखमा उल्लेख छ।

पार्टी केन्द्रीय समितिका प्रमुख नीतिगत निर्णय र निर्देशनलाई थप दृढता तथा सक्रियताका साथ लागू गर्नुपर्ने लेखको जोड छ। नयाँ विकास अवधारणा लागू गर्ने, उच्च गुणस्तरको विकास प्रवर्द्धन गर्ने र नयाँ विकास प्रतिमान निर्माणलाई तीव्रता दिने रणनीतिक पहलको कार्यान्वयनमाथि नियमित, लक्षित र ठोस अनुगमन गर्न पनि भनिएको छ।

सत्ताको प्रयोगलाई संस्थागत नियन्त्रणभित्र राख्ने प्रयास थप वैज्ञानिक र प्रभावकारी बनाउनुपर्ने लेखमा उल्लेख छ। कानुन र नियमको पालना तथा कार्यान्वयनमा सबै समान हुने र कसैलाई छुट वा विशेषाधिकार नहुने पनि लेखले स्पष्ट पारेको छ।

भ्रष्टाचारविरुद्धको अभियान अझ सचेत र दृढतापूर्वक अघि बढाउनुपर्ने सीको लेखमा भनिएको छ। यसलाई हार्न नहुने निर्णायक सङ्घर्षका रूपमा व्याख्या गर्दै निरन्तर कडा दबाब कायम राख्नुपर्नेमा जोड दिइएको छ। भ्रष्टाचारका सबै स्वरूप समयमै पहिचान गरी प्रभावकारी रूपमा नियन्त्रण गर्न र विभिन्न क्षेत्रमा हुने निगरानी तथा कारवाहीलाई समन्वय गर्ने संयन्त्र परिष्कृत गर्न पनि लेखले आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button