३० आश्विन २०८३, शुक्रबार

ईयूमा रोक्का रुसी सम्पत्ति अमेरिकाको नियन्त्रणमा राख्ने प्रस्ताव जर्मन चान्सलरद्वारा अस्वीकार

ड्रागन मिडिया समाचार कक्ष

जर्मन चान्सलर फ्रिडरिख मेर्जले युरोपेली सङ्घमा रोक्का राखिएका रुसी सम्पत्ति अमेरिकाको नियन्त्रणमा राख्ने प्रस्ताव अस्वीकार गरेका छन्। ती रकमबारे निर्णय युरोपले नै गर्नुपर्ने उनको भनाइ छ।

ब्रसेल्समा हुने युरोपेली सङ्घको शिखर सम्मेलनअघि बिहीबार बोल्दै मेर्जले भने, “यी सम्पत्ति युरोपमा रोक्का छन्। युरोपमै रोक्का रहनुपर्छ। यो हाम्रो विषय हो र यसबारे निर्णय हामी नै गर्नेछौँ।”

अमेरिकाले युरोपमा राखिएका रुसी सम्पत्तिमध्ये केहीको रोक्का फुकुवा गरी वासिङ्टनको निगरानीमा रहने संयन्त्रअन्तर्गत राख्न प्रस्ताव गरेको भन्ने हालैका सञ्चारमाध्यमका खबरबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

हाल युरोपेली सङ्घमा रुसी केन्द्रीय बैंकका करिब २१० अर्ब युरो अर्थात् करिब २३५ अर्ब अमेरिकी डलर बराबरका सम्पत्ति रोक्का छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button