३० आश्विन २०८३, शुक्रबार

बाढीले क्षति पुर्‍याएका त्रिशूली करिडोरका १८ झोलुङ्गे पुल सञ्चालनमा

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएका त्रिशूली करिडोरका १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन्। पुल मर्मतमा करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको झोलुङ्गे पुल शाखाले जनाएको छ।

शाखाका योजना प्रमुख शङ्कर बुढाथोकीका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटामा ठूलो क्षति पुगेको थियो। तिनका बटारिएका तार सोझ्याउने, सुरक्षा तार फेर्ने, पुलको फलामे सतह र धरन जडान गर्ने तथा छेउका जाली राख्ने काम गरिएको छ। बाँकी सात पुल सामान्य मर्मतपछि सञ्चालनमा ल्याइएका हुन्।

बृहत् मर्मत गरिएका पुल नुवाकोट, धादिङ र गोरखाका विभिन्न बस्ती जोड्ने छन्। तीमध्ये बेलकोटगढी–तारकेश्वर, बेलकोटगढी–गल्छी, सिद्धलेक–बेनीघाट रोराङ तथा गण्डकी–बेनीघाट रोराङ जोड्ने पुल छन्। मरम्मतपछि स्थानीयको आवतजावत र नदीपारिका बस्तीबीचको सम्पर्क पुनःस्थापित भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button