३० आश्विन २०८३, शुक्रबार

न्यू दर्पण र ब्रदर्स एफसी विजयी

ड्रागन मिडिया सम्वाददाता

बाँकेको खजुरास्थित मिनी रंगशालामा जारी जिल्लास्तरीय फुटबल प्रतियोगितामा बिहीबार न्यू दर्पण युवा स्पोर्ट्स क्लब र ब्रदर्स एफसी विजयी भएका छन्।

पहिलो खेलमा न्यू दर्पणले आयोजकको ए टोलीलाई २–० गोलले हरायो। न्यू दर्पणका विनोद चन्द र विमल बस्नेतले एक–एक गोल गरे। चन्द खेलको उत्कृष्ट खेलाडी घोषित भए। उनले खजुरा मार्टबाट नगद पुरस्कार र मायाको चिनो पाए।

दोस्रो खेलमा ब्रदर्स एफसीले न्यू हिमालय स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनायो। ब्रदर्सका विपिन सिजाली र सञ्जीव शाहीले एक–एक गोल गरे।

शुक्रबारको पहिलो खेल अप्सरा एफसी र भद्रकाली स्पोर्ट्स क्लबबीच हुनेछ। दोस्रो खेलमा जय किसान स्पोर्ट्स क्लब र न्यू दर्पण आमनेसामने हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा १५ टोली सहभागी छन्। विजेताले ५१ हजार १११ रुपैयाँ र उपविजेताले ३१ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button