सतुङ्गलमा ट्रक घरभित्र पस्दा तीन पसल र स्कुटरमा क्षति

ड्रागन मिडिया सम्वाददाता
काठमाडौँको सतुङ्गलमा बिहीबार राति मालवाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ०३–००१ ख ०९५३ नम्बरको ट्रक राति करिब ९:१५ बजे घरभित्र पसेको थियो। बागमती प्रदेश ०२–०५५ प ९१८२ नम्बरको स्कुटरमा पनि क्षति पुगेको छ।
दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।





