पूर्वोत्तर भारतको पहिलो भिसा आवेदन केन्द्र गुवाहाटीमा

ड्रागन मिडिया समाचार कक्ष
भारतको पूर्वोत्तर क्षेत्रको पहिलो भिसा आवेदन केन्द्र बिहीबार असमको गुवाहाटीमा शुरु भएको छ। असमका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले उद्घाटन गरेको केन्द्रबाट १४ देशका लागि भिसा आवेदन दिन सकिनेछ।
केन्द्रले अस्ट्रिया, साइप्रस, चेक गणतन्त्र, इजिप्ट, इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, इटाली, जापान, लात्भिया, माल्टा, मोरक्को, स्विट्जरल्यान्ड र बेलायतका आवेदन लिनेछ। माल्टाका लागि भने डी–भिसा आवेदन मात्रै लिइनेछ।
यसअघि पूर्वोत्तरका बासिन्दा भिसा आवेदनका लागि कोलकाता वा नयाँदिल्ली जानुपर्ने अवस्था थियो। नयाँ केन्द्रले आवेदन सम्बन्धित दूतावासमा पठाउनेछ; भिसा स्वीकृत वा अस्वीकृत गर्ने निर्णय भने सम्बन्धित देशका दूतावास वा वाणिज्यदूतावासले गर्नेछन्।





