३० आश्विन २०८३, शुक्रबार

प्रहरीको पोसाक भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

ड्रागन मिडिया सम्वाददाता

गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक जनताका लागि डरको नभई आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकता दिन प्रहरीलाई निर्देशन दिए।

उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्ने बताउँदै साइबर तथा वित्तीय अपराध अनुसन्धान र आधुनिक प्रविधिको प्रयोगमा प्रहरीको क्षमता बढाउन आवश्यक रहेको उल्लेख गरे।

“सही काम गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कामको संरक्षण गरिने छैन,” उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button