३० आश्विन २०८३, शुक्रबार

मोबाइल फोन अझै फिर्ता नपाएको भरत दाहालको दाबी

ड्रागन मिडिया सम्वाददाता

राजनीतिक विश्लेषक तथा त्रिमूल पार्टीका अध्यक्ष भरत दाहालले प्रहरीले गत असोज ४ गते लगेको आफ्नो मोबाइल फोन अझै फिर्ता नगरेको बताएका छन्। मोबाइल फोन प्रहरीको नियन्त्रणमा रहेकै अवस्थामा मेसेन्जर, ह्वाट्सएप, टेलिग्राम र भाइबरमा आएका फोन उठाएर आफू बनेर कुरा गरिरहेको जानकारी पाएको उनको दाबी छ।

सामाजिक सञ्जालमा लेख्दै दाहालले साइबर अपराधको आरोपमा निर्दोष व्यक्तिलाई दुःख दिन नहुने बताएका छन्। आफ्नो मोबाइलबाट अरूसँग कुरा गरे पनि सम्बन्धित व्यक्तिलाई कुनै लाभ नहुने उनको भनाइ छ।

आफूले प्रयोग गर्ने सञ्चारका एपमा फोन वा सन्देश नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button