३० आश्विन २०८३, शुक्रबार

खगेन्द्र सुनार प्रकरणमा छानबिन समितिलाई अडियो र लिखित विवरण बुझाइयो


ड्रागन मिडिया सम्वाददाता

रास्वपा सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विवादित अडियो प्रकरणको छानबिनका लागि जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले अडियो र लिखित विवरण पेनड्राइभमार्फत समितिलाई उपलब्ध गराएका छन्।

श्रेष्ठले फेसबुकमा लेख्दै रास्वपाको छानबिन टोलीले माग गरेबमोजिम बीप वा म्युट नगरिएका सक्कल अडियो र लिखित विवरण बुझाएको बताएका छन्। उनले दबाब र प्रभावविना सत्यतथ्यमा आधारित प्रतिवेदन आउने र प्रमाण अनुसन्धानको क्रममा नहराउने अपेक्षा व्यक्त गरेका छन्।

समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईले यसअघि सम्बन्धित सञ्चारमाध्यमलाई पत्र पठाउँदै प्रकरणसँग जोडिएका अडियो, भिडियो र अन्य कागजात उपलब्ध गराउन अनुरोध गरेका थिए। रास्वपा अनुशासन आयोगले भट्टराईको नेतृत्वमा छ सदस्यीय समिति गठन गरी आन्तरिक छानबिन अघि बढाएको छ।

सुनारले सार्वजनिक अडियो आफूले बोलेको नभएको र कृत्रिम बुद्धिमत्ता लगायतका प्रविधि प्रयोग गरेर बनाइएको दाबी गरेका छन्। उनले आफूमाथि उठेका आरोपको छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्। अडियोको प्रामाणिकता र आरोपबारे समितिको निष्कर्ष आउन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button