काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस दुर्घटना, नौ जना घाइते

ड्रागन मिडिया सम्वाददाता
काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
बा प्र ०३–००१ ख २७७४ नम्बरको बस होटलमा खाना खान रोकिएको बेला फर्काउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
घाइतेहरूको खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।





