३० आश्विन २०८३, शुक्रबार

मधेस सरकारबाट एमालेको समर्थन फिर्ता, चार मन्त्रीको सामूहिक राजीनामा

ड्रागन मिडिया सम्वाददाता

मधेस प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ। एमालेले शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो।

नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारको प्रभावकारी सञ्चालन, सुशासन, विकास निर्माण र जनहितका विषय सम्बोधन गर्न भएको १५ बुँदे समझदारी कार्यान्वयन नभएकाले समर्थन फिर्ता लिएको एमालेले जनाएको छ।

समर्थन फिर्तासँगै एमालेबाट प्रदेश सरकारमा सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री मो. समीर, खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा देवी थापा र शिक्षा तथा खेलकुदमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button