३० आश्विन २०८३, शुक्रबार

कांग्रेसले ४५ दिनभित्र खुलामञ्च पुनःस्थापना गर्ने

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा बिग्रिएको खुलामञ्च ४५ दिनभित्र पुनःस्थापना गरिने भएको छ। कांग्रेसले आफ्नै खर्चमा दुबो रोप्ने र आवश्यक मर्मतसम्भार गरी खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउने सम्झौता गरेको हो।

सम्झौताअनुसार सुरुका १५ दिनमा दुबो रोपिनेछ भने त्यसपछिका ३० दिन स्याहार, सिँचाइ र संरक्षणमा खर्च गरिनेछ। काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार खुलामञ्च पुनःस्थापनाको जिम्मा माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई दिइएको छ। कामको सम्पूर्ण खर्च कांग्रेसले बेहोर्नेछ।

सम्झौतामा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र संस्थाका प्रतिनिधि थमन भुसालले हस्ताक्षर गरेका छन्। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको रोहवरमा भएको सम्झौताअनुसार काम पूरा भएपछि खुलामञ्च महानगरपालिकाको मापदण्डअनुसार व्यवस्थित अवस्थामा हस्तान्तरण गरिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button