फूलपातीमा कांग्रेस सभापति थापाको शपथ ग्रहण

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार शपथ ग्रहण गर्ने भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार दिउँसो सकिएपछि शपथ ग्रहणको समय तय गरिएको हो। फूलपातीको अवसरमा हुने कार्यक्रम शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।





