३० आश्विन २०८३, शुक्रबार

धनौली इलाका प्रहरी कार्यालय देशभरमै उत्कृष्ट

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कन ‘पुलिस ब्याटन’ २०८३ मा बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौली देशभरमै प्रथम भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीनप्रकाश चापागाईं उत्कृष्ट इलाका प्रहरी कार्यालय प्रमुखका रूपमा सम्मानित भएका छन्।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चापागाईंलाई प्रशंसापत्र प्रदान गरे।

प्रहरी निरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा रहेका इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त, वडा प्रहरी कार्यालय र प्रहरी प्रभागमध्येबाट गरिएको मूल्याङ्कनमा धनौली उत्कृष्ट घोषित भएको हो। पेशागत दक्षता, निष्ठा, जनशक्ति परिचालन र समग्र कार्यसम्पादनका आधारमा चापागाईंलाई छनोट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसै अवसरमा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार प्रदान गरिएको छ। गृहमन्त्री सुधन गुरुङले उनलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button