३० आश्विन २०८३, शुक्रबार

बस दुर्घटनामा युवकको मृत्यु भएपछि लमहीमा प्रदर्शन, राजमार्ग खुला

ड्रागन मिडिया सम्वाददाता

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्त र स्थानीयले चालकलाई कारबाही तथा उचित क्षतिपूर्तिको माग गर्दै दाङको लमहीमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले पूर्व–पश्चिम राजमार्गमा टायर बालेर केहीबेर यातायात अवरुद्ध गरेका थिए। अहिले राजमार्ग खुला भएको स्थानीय केशव पोखरेलले जानकारी दिए।

लमही नगरपालिका–१ कौडियामा बिहीबार राति पौने १० बजे सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ११६१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा लमही नगरपालिका–२ केरुनियाका ३९ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि फरार भएका बसचालक दैलेख नगरपालिका–९ का ३१ वर्षीय हुकुम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चौधरीको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button