३० आश्विन २०८३, शुक्रबार

राप्तीसोनारीमा लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने

ड्रागन मिडिया सम्वाददाता

बाँकेको राप्तीसोनारी गाउँपालिकामा आगामी मङ्सिर ४ देखि ६ गतेसम्म पहिलो लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

आदर्श तेक्वान्दो डोजाङ र भृकुटी तेक्वान्दो डोजाङले आयोजना गर्ने प्रतियोगितामा १४४ खेलाडीसहित १२ प्रशिक्षक, २१ निर्णायक, चार निर्णायक मण्डलका सदस्य र १० प्राविधिक सहभागी हुने भृकुटी तेक्वान्दो डोजाङकी संयोजक उमादेवी थापाले जानकारी दिइन्। प्रतियोगितामा पुम्से र ग्योरुगी विधा समावेश छन्।

तेक्वान्दोको विकास, नयाँ खेलाडी पहिचान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रशिक्षक चन्द्रप्रकाश श्रेष्ठले बताए। प्रतियोगिताका लागि १५ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button