३० आश्विन २०८३, शुक्रबार

अध्यादेशपछि विभिन्न निकायमा ६११ नियुक्ति, विपद् कोषमा १७ अर्ब ९४ करोड

ड्रागन मिडिया सम्वाददाता

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले विभिन्न निकायमा ६११ जनालाई नियुक्त गरेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार ८० वटा निकायमा ४१९ जना, मन्त्रिपरिषद्बाट १४ जना तथा विश्वविद्यालय, आयोग र प्रतिष्ठानमा १७८ जनाको नियुक्ति भएको हो।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न खातामा १७ अर्ब ९४ करोड ३१ लाख एक हजार ९६९ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ। कोष सञ्चालन समितिको भदौ १६ गतेको निर्णयअनुसार एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले चाडपर्वका बेला हुन सक्ने कालोबजारी, मूल्यवृद्धि र अनुचित व्यापारिक गतिविधि नियन्त्रण गर्न चार अनुगमन टोली परिचालन गरेको छ। असोज २१ देखि २९ गतेसम्म उपत्यका र मधेस प्रदेशका ४३ कार्यालयमा गरिएको अनुगमनपछि आचारसंहिता उल्लङ्घन गर्ने ७१४ कर्मचारीमाथि नियमानुसार कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको कार्यालयको विवरणमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button