वुजियाओमा खुर्सानी खेतीबाट स्थानीयको आम्दानी बढ्दै

ड्रागन मिडिया सम्वाददाता
चीनको सिचुआन प्रान्तस्थित जिउझाइगौ जिल्लाको वुजियाओ बस्तीअन्तर्गत मा श्याङ गाउँमा खुर्सानी टिप्ने चटारो छ। गाउँमा ६७ म्यू अर्थात् करिब ४.४७ हेक्टर क्षेत्रफलमा लगाइएको खुर्सानी यस वर्ष राम्रो फलेपछि किसान र कामदार टिप्ने, छान्ने तथा प्याक गर्ने काममा व्यस्त छन्।
गाउँले यस वर्ष खुर्सानीको कुल उत्पादन २२ लाख जिन पुग्ने अनुमान गरेका छन्। आधा किलोग्राम बराबरको एक जिनका आधारमा यो करिब ११० टन हुन्छ। हालसम्म १६ लाख जिन अर्थात् करिब ८० टन खुर्सानी बिक्री भइसकेको गाउँका अधिकारीले बताएका छन्।
वुजियाओ बस्तीले पछिल्ला वर्षमा तरकारी खेती विस्तारलाई प्राथमिकता दिएको छ। उद्यमको अगुवाइ र खेतीका आधारस्थल निर्माणमार्फत स्थानीय बासिन्दालाई रोजगारीमा जोडिएको छ। यसबाट तरकारी खेती गाउँलेको आम्दानी बढाउने माध्यम बनेको स्थानीय सरकारले जनाएको छ।







