१ कार्तिक २०८३, शनिबार

चिकित्सा शिक्षामा ४१८ सिट थप, कुल संख्या ९ हजार ६९१

ड्रागन मिडिया सम्वाददाता

चालु शैक्षिक सत्र २०८३/८४ का लागि चिकित्सा शिक्षातर्फ ४१८ सिट थपिएका छन्। यससँगै चिकित्सा शिक्षाका कुल सिट ९ हजार ६९१ पुगेको शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएस्सी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ छन्। गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएस पढाइ शुरु हुने भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थपिएका छन्।

मन्त्री पोखरेलका अनुसार थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई दिइएका छन्। निजी कलेजहरूको सिट संख्या भने यथावत राखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button