गगन थापाले लिए कांग्रेस सभापतिको शपथ

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित समारोहमा थापाले शपथ लिएपछि प्रमाणपत्र ग्रहण गरेका थिए।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा सभापतिमा निर्वाचित भएका थिए। उनले ६ हजार ५८४ मत पाएका थिए भने उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्काले ३७५ मत प्राप्त गरेका थिए। कुल मतमध्ये थापाले ९४.६ प्रतिशत र खड्काले ५.४ प्रतिशत मत पाएको समाचारमा उल्लेख छ।





