१ कार्तिक २०८३, शनिबार

राहत सामग्रीसहित गृहमन्त्री गुरुङ बाढी प्रभावित क्षेत्रमा

ड्रागन मिडिया सम्वाददाता

गृहमन्त्री सुधन गुरुङ बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न शनिबार गोरखाको चुमनुव्री गाउँपालिका–३ सिर्दिबास पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गुरुङ हेलिकोप्टरमार्फत सिर्दिबास पुगेका हुन्। उनी बाढी प्रभावितका लागि राहत सामग्रीसमेत लिएर गएको समाचारमा उल्लेख छ।

स्थानीय रमेश गुरुङका अनुसार गृहमन्त्री बाढीले क्षति पुर्‍याएका क्षेत्रको निरीक्षणमा जाने तयारीमा थिए। सिर्दिबास गृहमन्त्री गुरुङको गाउँ पनि हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button