दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित राख्न मन्त्रालयको आग्रह

ड्रागन मिडिया सम्वाददाता
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न संघ र प्रदेशअन्तर्गतका सबै अस्पताललाई आग्रह गरेको छ।
मन्त्रालयले पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक सेवा निरन्तर उपलब्ध गराउन अस्पतालहरूलाई अनुरोध गरेको हो।





