१ कार्तिक २०८३, शनिबार

क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य


ड्रागन मिडिया सम्वाददाता

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी खेलमा क्यानडाले नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा ५० ओभरमा २५६ रन बनाउँदै अलआउट भयो। क्यानडाका युवराज साम्राले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रन बनाए। आरोन जोनसनले ३६, हर्ष ठाकेरले ३४, हम्जा तारिकले ३० र आदित्य वरदराजनले १२ रन जोडे।

नेपालका ललित राजवंशीले चार, सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई र रोहित पौडेलले एक विकेट लिए।

आजको खेल जिते नेपालले शीर्ष छमा स्थान सुरक्षित गर्नेछ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न लिग–२ को शीर्ष छमा रहनुपर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button