१ कार्तिक २०८३, शनिबार

साइबर ब्युरोमा श्रेष्ठ र पन्तबीच सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप नगर्ने सहमति

ड्रागन मिडिया सम्वाददाता

पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले सामाजिक सञ्जालमा एकअर्काविरुद्ध व्यङ्ग्य वा विरोध नगर्ने सहमति गरेका छन्। समाचारसम्बन्धी विवाद प्रेस काउन्सिल नेपालमार्फत अघि बढाउने सहमति पनि भएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले देशसञ्चारलाई बताएका छन्। ब्युरोको टोलीले छलफलमा सहजीकरण गरेको थियो।

जनआस्था साप्ताहिकमा पन्तबारे प्रकाशित समाचार र त्यसपछि सामाजिक सञ्जालमा भएका टिप्पणीलाई लिएर विवाद भएको थियो। समाचार र सामाजिक सञ्जालका अभिव्यक्तिलाई लिएर श्रेष्ठ र पन्त दुवैले साइबर ब्युरोमा उजुरी दिएका थिए।

समाचारअनुसार पन्तलाई प्रहरीले फोन गरेर छलफलका लागि बोलाएको थियो भने श्रेष्ठलाई शनिबार बिहान निवासबाट नियन्त्रणमा लिएर ब्युरो पुर्‍याइएको थियो। छलफलपछि दुवै पक्षले आगामी दिनमा सामाजिक सञ्जालमा एकअर्काविरुद्ध नउत्रिने र समाचारसम्बन्धी विषय प्रेस काउन्सिलमार्फत अघि बढाउने सहमति गरेका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button