२ कार्तिक २०८३, आईतवार

मध्यप्रदेशमा मन्दिरतर्फ जाँदै गरेका भक्तजनलाई ट्रकले ठक्कर दिँदा १२ जनाको मृत्यु

ड्रागन मिडिया समाचार कक्ष

भारतको मध्यप्रदेशस्थित ग्वालियरमा मन्दिरतर्फ पैदल जाँदै गरेका भक्तजनलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा करिब ३० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ।

दुर्घटना प्रसिद्ध शीतला माता मन्दिरनजिक भएको हो। घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। उनीहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।

धान बोकेको ट्रक चालकले नियन्त्रण गुमाएपछि प्रहरीका अवरोधक तोड्दै सडकमा हिँडिरहेका भक्तजनलाई ठक्कर दिएको र मन्दिरको पर्खालमा ठोक्किएर रोकिएको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button