३ कार्तिक २०८३, सोमबार

भद्रपुरमा कटुवा पेस्तोलसहित होटल सञ्चालक पक्राउ

ड्रागन मिडिया सम्वाददाता

झापाको भद्रपुरबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ मा साजन होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बु छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अवैध हतियार लुकाएर राखिएको विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले आइतबार साँझ करिब ६ बजे लिम्बुको कोठा खानतलासी गरेको थियो। त्यस क्रममा सुत्ने ओछ्यानमुनि लुकाइएको एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

लिम्बुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुज्जन अवाले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button