दशैंमा उपत्यकामा सशस्त्र प्रहरीका दुई निःशुल्क बस, तीन दिन सञ्चालन

ड्रागन मिडिया सम्वाददाता
दशैंका बेला सार्वजनिक यातायातको अभाव कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ। सेवा आजदेखि लगातार तीन दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म उपलब्ध हुनेछ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बस बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै चल्नेछ।
अर्को बस प्रधान कार्यालयबाट सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै चल्नेछ। बसले यी मार्गमा पर्ने विभिन्न स्थानका यात्रुलाई निःशुल्क सेवा दिने सशस्त्र प्रहरीले जनाएको छ।





