७२ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुलसहित दुई पक्राउ

ड्रागन मिडिया सम्वाददाता
काठमाडौँ आउँदै गरेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुल बरामद भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूलाई दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३ कोयरियाका २७ वर्षीय सुदीप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनी छन्।
ट्रामाडोल चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि हो। प्रहरीले बरामद औषधिसहित दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।





