३ कार्तिक २०८३, सोमबार

एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद, चालक फरार

ड्रागन मिडिया सम्वाददाता

सुनसरीको दुहबी नगरपालिका–६ स्थित बुढीखोला किनारमा छाडिएको एम्बुलेन्सबाट प्रहरीले ५७४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। एम्बुलेन्सका चालक भने फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार आइतबार र सोमबारबीचको मध्यराति करिब १२ः३० बजे गाँजा ओसारपसार भइरहेको सूचनापछि प्रहरी टोलीले जाँच गरेको थियो। एम्बुलेन्स इटहरी हुँदै विराटनगरतर्फ जाँदै थियो।

प्रहरीलाई देखेपछि चालकले ना.४ च ६०६३ नम्बरको एम्बुलेन्स बुढीखोला किनारमा छाडेर भागेको खड्काले बताए। प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरी घटनाबारे अनुसन्धान गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button