३ कार्तिक २०८३, सोमबार

सप्तकोशीमा पौडी खेल्दा बेपत्ता युवक मृत फेला

ड्रागन मिडिया सम्वाददाता

सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका २३ वर्षीय ओसन कोइराला सोमबार बिहान मृत फेला परेका छन्।

बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका कोइरालाको शव फेला परेपछि परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button