४ कार्तिक २०८३, मंगलवार

पर्यटकीय याम नसकिँदै पोखरा–जोमसोम नियमित उडान स्थगित

ड्रागन मिडिया सम्वाददाता

पोखरा–जोमसोम नियमित हवाई सेवा पर्यटकीय याम नसकिँदै स्थगित भएको छ। यस मार्गमा उडान गर्दै आएका तारा एयरले अघिल्लो सातादेखि र समिट एयरले सोमबारदेखि नियमित सेवा बन्द गरेका हुन्। चार्टर उडान भने जारी रहनेछ।

जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरका तीनमध्ये एउटा विमान मर्मतमा छ। समिट एयरले पनि आफ्ना चारमध्ये एउटा विमान मर्मतका लागि लैजाने तयारी गरेको छ।

समिट एयरका जोमसोमस्थित स्टेशन इञ्चार्ज सुमन थकालीले रसुवागढीको बाढी र देशका विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यात्रुले हवाई टिकट रद्द गरेकाले नियमित उडान स्थगित गर्नुपरेको बताए।

पोखरा–जोमसोम सेवा सामान्यतया अगस्टदेखि नोभेम्बरसम्म सञ्चालन हुँदै आएको थियो। यी दुई वायुसेवाले यस मार्गमा वर्षमा एक हजार दुई सयभन्दा बढी नियमित उडान गर्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button