४ कार्तिक २०८३, मंगलवार

बुशेहर आणविक ऊर्जा केन्द्र निर्माणबारे रुस र इरानबीच छलफल

ड्रागन मिडिया समाचार कक्ष

रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिन र इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरिफबीच बुशेहर आणविक ऊर्जा केन्द्र निर्माणबारे छलफल भएको छ।

दुशान्बेमा रुस–इरान वार्तापछि रुसी उपप्रधानमन्त्री अलेक्सेई ओभर्चुकले ऊर्जा क्षेत्रमा सहकार्यबारे छलफल भएको र त्यसमा बुशेहर केन्द्र निर्माण पनि समेटिएको बताए।

शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनअघि दुई दिने भ्रमणका लागि ताजिकिस्तान पुगेका मिशुस्तिनले आरिफसँग वार्ता गरेका थिए। रुसी प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री ओभर्चुक, आर्थिक विकासमन्त्री म्याक्सिम रेशेत्निकोभ, उपविदेशमन्त्री आन्द्रे रुडेन्को, उपऊर्जामन्त्री येभगेनी ग्राब्चाक र उपअर्थमन्त्री अलेक्सेई साजानोभ सहभागी थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button