४ कार्तिक २०८३, मंगलवार

फ्रान्सको अशान्तिको कारण आप्रवासन समस्या : ट्रम्प

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्समा देखिएको सामूहिक अशान्तिको मुख्य कारण आप्रवासन समस्या भएको दाबी गरेका छन्। उनले विद्यालय वा अन्य विषय नभई आप्रवासन नै समस्याको जड भएको बताए।

ट्रम्पले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंलाई सीमाना बन्द गर्न आफूले पहिले नै सुझाएको बताए। म्याक्रोंसँग पहिलो कार्यकालका बेला वर्षौँअघि भेट्दा पनि यस्तो आग्रह गरेको उनको भनाइ थियो।

फ्रान्समा १७ अक्टोबरमा इन्धनको बढ्दो मूल्य र क्रयशक्ति घटेको विरोधमा पेरिससहित देशका विभिन्न स्थानमा प्रदर्शन भएका थिए। आयोजकका अनुसार प्रदर्शनमा आठ लाख मानिस सहभागी भएका थिए भने आन्तरिक मन्त्रालयले सहभागी सङ्ख्या पाँच लाख ५० हजार रहेको जनाएको थियो।

केही शहरमा प्रदर्शन दङ्गा र प्रहरीसँगको झडपमा परिणत भएको थियो। फ्रान्सका आन्तरिकमन्त्री लरेन नुनेजका अनुसार देशभरबाट एक हजार आठ सय जनालाई नियन्त्रणमा लिइएको छ। दङ्गा र लुटपाटमा संलग्नलाई कारवाही अघि बढाइने उनले बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button