चीनमा पुटिन र सी चिनफिङसँग त्रिपक्षीय भेटवार्ता गर्न तयार ट्रम्प

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चीनमा त्रिपक्षीय भेटवार्ता गर्न आफू तयार रहेको बताएका छन्।
“उनीहरू चाहन्छन् भने म भेटवार्ता गर्छु। मलाई लाग्छ, बैठक चीनमा हुनेछ,” ट्रम्पले भने। सी चिनफिङले चाहे आफू बैठकमा सहभागी हुने र व्यापारसहित अन्य विषयमा पनि छलफल हुन सक्ने उनले बताए।
ट्रम्पका अनुसार भेटवार्ताको मुख्य विषय युक्रेन द्वन्द्व समाधानभन्दा आणविक हतियार भण्डार घटाउनु हुनेछ।





