फ्रान्समा प्रदर्शन भइरहेका क्षेत्रमा नजान चिनियाँ नागरिकलाई आग्रह

ड्रागन मिडिया समाचार कक्ष
फ्रान्समा देशव्यापी प्रदर्शन र केही स्थानमा हिंसात्मक झडप भएपछि चीनको विदेश मन्त्रालय र फ्रान्सस्थित चिनियाँ कूटनीतिक नियोगहरूले त्यहाँ रहेका तथा यात्रा गर्ने तयारीमा रहेका आफ्ना नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
चिनियाँ नागरिकलाई स्थानीय घटनाक्रममा ध्यान दिन, सुरक्षा सावधानी बढाउन र प्रदर्शन भइरहेका क्षेत्रमा नजान भनिएको छ। आपत्कालीन अवस्था आएमा स्थानीय प्रहरीलाई खबर गर्न र फ्रान्सस्थित चिनियाँ दूतावास वा वाणिज्य दूतावासबाट सहयोग लिन पनि आग्रह गरिएको छ।
पेरिस, मार्से र लियोनसहित फ्रान्सका दर्जनौँ शहरमा प्रदर्शन भएका छन्। केही प्रदर्शन हिंसात्मक बनेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको समाचारमा जनाइएको छ।
अक्टोबर १७ मा हुने प्रदर्शनअघि, अक्टोबर १६ मा फ्रान्सस्थित चिनियाँ दूतावास र वाणिज्य दूतावासहरूले सूचना जारी गर्दै विशेषगरी पर्यटकलाई सतर्क रहन, स्थानीय अवस्थाबारे जानकारी लिन र प्रदर्शनस्थलबाट टाढा रहन आग्रह गरेका थिए।





