महानवमीमा आज खुला हुँदै तलेजु भवानी मन्दिर

ड्रागन मिडिया सम्वाददाता
हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर आज महानवमीका दिन सर्वसाधारणका लागि खुला गरिने भएको छ। भक्तजनले बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म पूजा, आराधना र दर्शन गर्न सक्नेछन्। मन्दिर वर्षमा महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ।
हनुमानढोका दरबार हेरचाह अड्डाले सरोकार भएका निकायसँग छलफल गरी दर्शनको व्यवस्था मिलाएको कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताइन्। महानवमीमा मन्दिरमा हजारौँ भक्तजन आउने गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको साइतअनुसार तलेजु भवानीलाई असोज ३१ गते हनुमानढकास्थित मूलचोकमा यात्रा गराई स्थिरासनमा राखिएको थियो। विजयादशमीका दिन कात्तिक ४ गते बिहान १०ः५१ बजे यात्रा गराइने र ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराइने कार्यक्रम छ।




