५ कार्तिक २०८३, बुधबार

बडादशैंमा अधिकांश भूभागको मौसम सफा रहने

बडादशैंको मुख्य दिन आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा भने आंशिक बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहान हुस्सु र कुहिरो लाग्न सक्ने पूर्वानुमान छ।

बडादशैंको भोलिपल्ट बिहीबार पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईको मौसम भने मुख्यतया सफा रहनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button