५ कार्तिक २०८३, बुधबार

बडादशैंमा प्रधानमन्त्रीको आह्वान: सुशासनका लागि सबै एकजुट बनौँ

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन्। विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हरेक नागरिकलाई “हाम्रा लागि सरकार छ” भन्ने अनुभूति गराउन सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका हुन्।

प्रधानमन्त्री शाहले समाजका विकृति र विसङ्गति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको बताए। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्नेमा उनले जोड दिए।

विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा उल्लेख गर्दै शाहले अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न यसले प्रेरणा दिने बताएका छन्। उनले विविध भाषा, संस्कृति र भूगोलका नेपालीलाई एकताको सूत्रमा बाँध्न बडादशैंले भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे।

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना दिँदै आफ्नो क्षमताअनुसार बडादशैं मनाउन र आपसमा सद्भाव, सम्मान तथा माया साट्न आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button