राजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

ड्रागन मिडिया सम्वाददाता
राजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान नगर्ने भएका छन्। राजाको संवाद सचिवालयले जारी गरेको सूचनामा यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराइएको छ।
सचिवालयका अनुसार गत भदौमा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी र असोजको अविरल वर्षाका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति भएको, धेरै मानिस विस्थापित भएको र सयौँको ज्यान गएको अवस्थालाई ध्यानमा राखेर राजा ज्ञानेन्द्र शाहले यस वर्ष बडादशैं सादगीपूर्वक मनाउने निर्णय गरेका हुन्।
सचिवालयले विपद्बाट प्रभावित परिवारप्रति संवेदना व्यक्त गर्दै असहज परिस्थितिका कारण यस वर्ष सार्वजनिक टीका तथा जमरा कार्यक्रम नराखिएको जनाएको छ।





