५ कार्तिक २०८३, बुधबार

झेदुओ पहाड सुरुङमार्गको ७९ प्रतिशत खनाइ पूरा, २०२७ को अन्त्यसम्म निर्माण सक्ने लक्ष्य

ड्रागन मिडिया सम्वाददाता

चीनको सिचुआन प्रान्तस्थित राष्ट्रिय राजमार्ग ३१८ को झेदुओ पहाड सुरुङमार्गको ७९ प्रतिशत खनाइ पूरा भएको छ। सन् २०१८ मा निर्माण शुरु भएको यो सुरुङमार्ग सन् २०२७ को अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण पूरा भएपछि काङ्दिङदेखि सिन्तुच्याओसम्मको यात्रा समय दुई घण्टाबाट घटेर एक घण्टा हुने अपेक्षा गरिएको छ।

निर्माणस्थलको निगरानी केन्द्रबाट सुरुङभित्र रहेका कामदार र निर्माणमा प्रयोग भइरहेका सवारीसाधनको स्थान तत्काल पहिचान गरिन्छ। भिडियो निगरानी प्रणालीमार्फत चौबीसै घण्टा कामको अवस्था हेरिने र यसले निर्माणको गुणस्तर तथा कामदारको सुरक्षामा सहयोग पुर्‍याएको परियोजनाका उपमुख्य इञ्जिनियर वाङ छ्याङले बताएका छन्।

सुरुङ वरपरको चट्टान नरम र भंगुर छ। पानी परेपछि चट्टान माटोजस्तो हुने र सुरुङभित्र पानी पस्ने समस्याले निर्माण कठिन बनेको छ। लामो समयसम्म विस्फोटक पदार्थ र सुरुङ खन्ने विशेष यन्त्र प्रयोग गर्न नसकिएकाले उत्खननका लागि सामान्य खन्ने यन्त्रमा निर्भर रहँदा दैनिक प्रगति करिब साढे दुई मिटरमा सीमित थियो।

निर्माण टोलीले उच्च आवृत्तिको कम्पनयुक्त हथौडा जडित खन्ने यन्त्र प्रयोग गरी विस्फोटबिनै चट्टान खन्ने विधि अपनाएको छ। तीन हातयुक्त चट्टान खन्ने यन्त्र, फलामे संरचना जडान गर्ने यन्त्र र ठूलो क्षमताको छ्याप्ने यन्त्रजस्ता उपकरण प्रयोगमा ल्याइएका छन्। यी प्रविधिले चट्टान खस्ने तथा भासिने जोखिम घटाउनुका साथै कामको गति बढाएको निर्माण पक्षको भनाइ छ।

परियोजनाका अनुसार अहिले दैनिक औसत पाँच मिटर सुरुङ खनिँदै आएको छ। यस वर्ष मात्रै एक हजार ३१ मिटर खनाइ पूरा भएको छ, जुन वार्षिक लक्ष्यको ७४ प्रतिशत हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button