५ कार्तिक २०८३, बुधबार

बडादशैंले समाजलाई अझ बलियो एकताको सूत्रमा बाँधोस् : रवि लामिछाने

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपत्ति र शोकका बीच मनाइँदै गरेको बडादशैंले नेपाली समाजलाई अझ बलियो एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्।

विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै यस वर्ष धेरै नागरिकको ज्यान गएको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित भएको दुःखद परिस्थितिलाई स्मरण गरेका छन्।

लामिछानेले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको शुभकामना दिएका छन्। नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि र सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामना गर्दै उनले बडादशैंले निराशाबाट आशातर्फ र विपत्तिबाट पुनर्निर्माणतर्फ अघि बढ्न ऊर्जा दिने विश्वास व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button