पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज

ड्रागन मिडिया सम्वाददाता
पूर्वप्रधानमन्त्री झलनाथ खनाल बुधबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका छन्। खनालको सचिवालयले उनी अस्पतालबाट घर फर्किएको जनाएको छ।
श्वासप्रश्वासमा समस्या देखिएपछि खनाललाई आइतबार दिउँसो अस्पताल भर्ना गरिएको थियो।





