मंगलबारदेखि वर्षाको सम्भावना, सतर्क रहन आग्रह

ड्रागन मिडिया सम्वाददाता
आगामी मंगलबारदेखि बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
मौसमविद् विनोद पराजुलीका अनुसार, हाल उपलब्ध चार मौसम पूर्वानुमान मोडेलको औसत विश्लेषणले मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने देखाएको छ। केही स्थानमा भारी वर्षाको सम्भावना पनि छ।
विभिन्न मोडेलले वर्षा हुने स्थान र परिमाणबारे फरक सङ्केत दिएका छन्। त्यसैले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको पराजुलीले बताए।
उनले दशैँको टीका र भेटघाटका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी साताको सम्भावित वर्षालाई ध्यानमा राखेर यात्रा तथा अन्य योजना बनाउन सुझाव दिएका छन्।





