६ कार्तिक २०८३, बिहीबार

भारतीय सेनाको कमान्डर सम्मेलन शुरु

ड्रागन मिडिया समाचार कक्ष

भारतीय सेनाको सन् २०२६ को दोस्रो कमान्डर सम्मेलन आज नयाँदिल्लीमा शुरु भएको छ। तीन दिनसम्म चल्ने सम्मेलनमा सेनाको उच्च नेतृत्व सहभागी छ।

सम्मेलनमा बदलिँदो सुरक्षा वातावरण, नयाँ सञ्चालनगत चुनौती र युद्ध तयारी सुदृढ गर्ने प्राथमिकताबारे छलफल हुनेछ। क्षमता विकास र प्रविधिको प्रभावकारी उपयोग पनि छलफलका मुख्य विषय रहनेछन्।

‘जय से विजय’को दृष्टिकोणअनुरूप सम्मेलनले नवीनता, संयुक्त कार्यक्षमता, एकीकरण र आत्मनिर्भरतालाई जोड दिनेछ। भारतीय सेनालाई प्रविधिसम्पन्न, छरितो र भविष्यका चुनौती सामना गर्न तयार बलका रूपमा रूपान्तरण गर्ने विषयमा पनि छलफल हुने सेनाले जनाएको छ।

भारतीय सेनाले सन् २०२६ लाई सञ्जाल र तथ्याङ्क केन्द्रितताको वर्षका रूपमा अघि बढाइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button