६ कार्तिक २०८३, बिहीबार

गोरखा र पोखराका मस्जिदमा धार्मिक कार्यक्रम, डोटीको चर्चमा आराधना

ड्रागन मिडिया सम्वाददाता

गोरखा र पोखराका दुई मस्जिदमा बङ्गलादेश तथा फिलिपिन्सका धर्मगुरु सहभागी धार्मिक कार्यक्रम भएका छन्। डोटीको एक चर्चमा पनि विशेष आराधना तथा संगीत कार्यक्रम आयोजना गरिएको छ।

गोरखा नगरपालिका–६, हरमटारीस्थित जामे मस्जिदमा बङ्गलादेशका मोहम्मद दाउद इस्लामसहित पाँच जनाको टोली केही दिनदेखि धार्मिक गतिविधिमा सहभागी हुँदै आएको छ। टोलीले मुस्लिम धर्मावलम्बीलाई धार्मिक अनुशासनबारे जानकारी दिनुका साथै नमाज पढाएको बताइएको छ।

पोखराको मानवअधिकार चोकस्थित जामे बिलाल मस्जिदमा बङ्गलादेशका मोहम्मद शेख बक्तियार रहमानसहित छ जना र फिलिपिन्सका जमाल सोलाइमान अब्दुल्लाह सहभागी सात जनाको टोलीले करिब तीन दर्जन धर्मावलम्बीलाई धार्मिक ज्ञान दिएको र नमाज पढाएको जनाइएको छ।

डोटीको दिपायलस्थित आशिष चर्चमा बुधबार पास्टर गर्भलाल तामाङको अध्यक्षतामा भएको कार्यक्रममा करिब ४५ जना सहभागी थिए। कार्यक्रममा प्रवचन, भजन, सामूहिक गायन र प्रार्थनासहित आराधना गरिएको आयोजकले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button